20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeशिक्षासेती देवि माबीको ४१ औं जन्मोत्सव हर्षोल्लासका साथ सम्पन्न

सेती देवि माबीको ४१ औं जन्मोत्सव हर्षोल्लासका साथ सम्पन्न


लनम तामाङ/ ३ जनवरी, मलेसिया। काभ्रे तेमाल गाउँपालिका वडा न. ८ ल्होङ्सालका सेती देवि माबीले ४१ औं जन्मोत्सब हर्षोल्लासका साथ हिजो पौष १८ गत्ते सम्पन्न गरेको छ।

विद्यालयको ४१ औँ जन्मोत्सब काभ्रे क्षेत्र न.१ का प्रतिनिधी सभा सदस्य माननीय गंगा बहादुर दोङ बामध्वजको प्रमुख अतिथी, कभ्रे क्षेत्र न. १ का प्रदेश सभा सदस्य रत्न ढकाल विशेष अतिथी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिल बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको हो।

जन्मोत्सवको अवसरमा feed nepal संस्थाले कक्षा २ देखि ८ सम्मा झोला र स्टेशनरी सामान र कक्षा १,९ र १० लाई स्टेशनारी सामान बितरण गरेका छन।
संस्थाका अध्यक्ष अयुषा जोन्छेले कार्यक्रममा बोल्दै आगमी दिनमा सेती देवि माबिमा सञ्चालित ecd कक्षाका बालबालिकालाई दिवा खाजाको ब्यबस्था गर्ने बताएका छन। health egducation for all र सीता लामाको पहलमा उक्त संस्थाले सेतिदेवी माबिका विद्यार्थीहरुलाइ सहयोग स्वरुप स्टेसनरिका सामान वितरन गरेका हुन।

कार्यक्रममा भुपु बिध्यर्थी मन्चको अध्यक्ष तथा भुपु प्र. अ. सुर्य बहादुर लामा, स्रोत ब्यक्ती इन्द्र प्रसाद पाण्डे, प्र. अ. सुराथ लामा, भुपु अध्यक्षको तर्फ बाट भुपु अध्यक्ष सुकमान तामाङ,वडाज्ञ अध्यक्ष लक्ष्मी बहादुर घिसिङ,प्रदेस सम्साद रत्न ढकाल र प्रमुख अतिथी प्रतिनिधि सभा सम्साद गांगा बहादुर दोङले आ-आफ्ना मन्तब्य राखेका थिए। कार्यक्रममा बोल्दै गंगा बहादुर दोङले आर्थिक बर्ष २०७५/७६ को संसद बिकास कोषमा आएका ४ करोड बजेटको तेमाल गाउँपालिकामा एक मात्र योजना सेती देवि माबी तेमाल ८ लाई मात्रै पार्ने प्रतिबद्धता जाहेर गरेका छन।
कार्यक्रममा बिगत र बर्तमानमा बिद्यालयलाई सहयोग गर्ने संस्था र ब्यक्तिलाई कदर पत्रले सम्मान गरेका छन। कार्यक्रममा feed nepaal, health egducation for all, हिन्दु स्वयमसेबक नेपाल, स्थानिय चमार सिङ तामाङ, लाल बहादुर तामाङ, आकास कुमार तामाङ, उर्गेन लामा र सीता लामा सम्मानित भएका छन। बिच बिचमा बिध्यर्थी भाइ बहिनिहरुले नृत्य प्रस्तुत गर्दै गरेको कार्यक्रमा अक्कल तामाङले सञ्चालन गरेका थिए।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments