19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठख्यातिप्राप्त लोक दोहोरी गायक खुमन अधिकारी कुवेत आइपुगे

ख्यातिप्राप्त लोक दोहोरी गायक खुमन अधिकारी कुवेत आइपुगे

आर डि क्रीएशन/३ जनवरी, कुवेत। नेपालमा गीत संगितको क्षेत्रमा सर्वाधिक चर्चा कमाएका विशेष गरि लोक दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित गायक खुमन अधिकारी आज बिहान ५ बजे कुवेत आइपुगेका छन।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले आफ्नो पाँचौ वार्षिकोत्सव तथा नयाँबर्ष सांगितिक धमाका कार्यक्रमका लागि उनलाइ आफ्नो प्रस्तुतिका लागि निमन्त्रणा गरेका थिए। उक्त निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुसंग सांगितिक कोसेली बाँड्दै खुसी साट्न खुमन अधिकारी कुवेत आइपुगेका हुन। भोलि अर्थात ४ जनवरी २०१९ का दिन कुवेतको हवाल्लिस्थित ब्वाइज स्काउट थिएटरको हलमा उनले आफ्नो प्रस्तुती कुवेतका नेपालिहरु छताछुल्लै पोख्नेछन।

नेपालका निकै नै चर्चित गायकका साथमा आफ्नो संस्थाको पाँचौ वार्षिकोत्सव मनाउन पाउँदा आफुलाइ निक्कै खुसी मिलेको र उक्त खुसी कुवेतमा कार्यरत सबै नेपाली दाजुभाइ दिदिबहिनिहरुसंग साट्ने बताउँदै भोलिको कार्यक्रममा सबैजना उपस्थितिका लागि आयोजक संस्थाका अध्यक्ष डोलराज न्यौपानेले अनुरोध गरेका छन। साथै कुवेतका विभिन्न स्थानबाट सवारी साधानको समेत ब्यबस्था रहेकोले आफुलाइ पायक पर्ने ठाउँबाट सवारी साधनको प्रयोग गर्न समेत अनुरोध गरेका छन।

कार्यक्रम हुने;
मिति: ०४ जनवरी २०१९
स्थान: ब्वाइज स्काउट थिएटर हवाल्ली
समय: ठिक दिउँसो १२ बजे

- Advertisement -

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments