20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठ६ जना गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला बाहिर ’रेफर’

६ जना गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला बाहिर ’रेफर’


पाँचथर । मेचि र राजमार्गमा अन्तरर्गत फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज बारीपारी जोड्ने क्रममा भाँचिदा गम्भीर घाइते भएका ६ जना कामदार हरुलाई जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभए बिराटनगरको नोभल अस्पतालमा रेफर गरिएको छ ।
रेफर गरिएका घाइतेहरुमा बारा जिल्ला सिमरा उपमहानगरपालिका बस्ने २२ वर्षिय राजन चौधरी, २२ वर्षिय राकेश चौधरी,२५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय अभिशेक चौधरी,२२ वर्षिय रुपलाल चौधरी रहेका छन् । घाइते सबै बारा जिल्ला सिमरा उपमहानगरपालिका हुन् ।
शनिबार ७० मीटर लामो सिङ्गल स्पानको मोडुल ब्रिज जडान गरि वारपार गर्ने क्रममा भाँचिएको छ ।नेपालमा पहिलो पल्ट ७० मीटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको थियो ।

नेपालमा नयाँ भएकाले भारतीय प्राविधकको सहयोगमा जडान कार्य गरिरहेका थिए । ७० मिटर लामो पुल लाई बिचमा कुनै सर्पोट गर्ने पिल्लर बिना निर्माण भइरहेको थियो । पक्की पुल बगाएर बनाएको बेलिब्रिज पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा ‘मोडुलर ब्रिज’ निर्माण कार्य भइरहेको थियो । बर्षाको बाढिले २०८० सालमा पुल बगायो । पुल बगाएपछि बनाएको बेलिब्रिज २०८१ असोजको बाढिले बगाएको थियो । पुल भाँचिनको कारण खुल्न बाँकी छ ।

निम्न घाईतेहरूः-

१. जिल्ला बारा सिमरा उमनपा १२ बस्ने वर्ष २२ को रूपलाल चौधरीको बाहिरी चोट नदेखिएको तत्काल अवस्था बोल्न नसक्ने गम्भिर ।

- Advertisement -

२. ऐ. ऐ. बस्ने वर्ष २७ को राजन चौधरीको पिठ्युमा चोट तत्काल अवस्था बोल्न नसक्ने गम्भिर ।

३. ऐ.ऐ. बस्ने वर्ष २२ को राकेश चौधरीको बाहिरी चोट नदेखीएको तत्काल अवस्था बोल्न नसक्ने गम्भिर ।

४. ऐ.ऐ. बस्ने वर्ष २५ भुलेश्वर चौधरीको दायाँ खुट्टा भाँचीएको तत्काल अवस्था बोल्न नसक्ने गम्भिर ।

५. ऐ.ऐ. बस्ने वर्ष ३५ को प्रकाश चौधरीको टाउकोमा र शरिरको विभिन्न भागमा चोट तत्काल अवस्था बोल्न सक्ने  ।

६. ऐ.ऐ. बस्ने वर्ष ३० अभिषेक चौधरीको टाउकोमा चोट  ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments