19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठयी हुन् हेवाँखोलाको निर्माणाधिन मोडुलर ब्रिज दुर्घटनाका घाइते, कस्तो छ अवस्था? नामसहित

यी हुन् हेवाँखोलाको निर्माणाधिन मोडुलर ब्रिज दुर्घटनाका घाइते, कस्तो छ अवस्था? नामसहित


पाँचथर । मेचि र राजमार्गमा पर्ने फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज बारीपारी जोड्ने क्रममा भाँचिदा ६ जना कामदार घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ ।
घाइते हुनेमा बारा जिल्ला सिमरा उपमहानगरपालिका बस्ने २२ वर्षिय राजन चौधरी, २२ वर्षिय राकेश चौधरी,२५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय अभिशेक चौधरी,२२ वर्षिय रुपलाल चौधरी रहेका छन् । घाइते सबै बारा जिल्ला सिमरा उपमहानगरपालिका हुन् । धाइते मध्ये राजन, रुपलाल,राकेश,भुलेश्वरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीले जानकारी दिए । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्तिालमा रेफर गर्ने तयारी छ । राकेश चाैधरीला सुविधासम्पन्न अस्तिालमा रेफर गरीएकाे छ । रुपलाल चाैधरीलाइ पनि रेफर गरीएकाे छ । प्रकाश चाैधरी लाइ पनि रेफर गरीएकाे छ ।
शनिबार ७० मीटर लामो सिङ्गल स्पानको मोडुल ब्रिज जडान गरि वारपार गर्ने क्रममा भाँचिएको छ ।नेपालमा पहिलो पल्ट ७० मीटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको थियो ।

नेपालमा नयाँ भएकाले भारतीय प्राविधकको सहयोगमा जडान कार्य गरिरहेका थिए । ७० मिटर लामो पुल लाई बिचमा कुनै सर्पोट गर्ने पिल्लर बिना निर्माण भइरहेको थियो । पक्की पुल बगाएर बनाएको बेलिब्रिज पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा ‘मोडुलर ब्रिज’ निर्माण कार्य भइरहेको थियो । बर्षाको बाढिले २०८० सालमा पुल बगायो । पुल बगाएपछि बनाएको बेलिब्रिज २०८१ असोजको बाढिले बगाएको थियो । पुल भाँचिनको कारण खुल्न बाँकी छ ।

निम्न घाईतेहरूः-

१. जिल्ला बारा सिमरा उमनपा १२ बस्ने वर्ष २२ को रूपलाल चौधरीको बाहिरी चोट नदेखिएको तत्काल अवस्था बोल्न नसक्ने गम्भिर ।रेफर गरीएकाे

- Advertisement -

२. ऐ. ऐ. बस्ने वर्ष २७ को राजन चौधरीको पिठ्युमा चोट तत्काल अवस्था बोल्न नसक्ने गम्भिर ।

३. ऐ.ऐ. बस्ने वर्ष २२ को राकेश चौधरीको बाहिरी चोट नदेखीएको तत्काल अवस्था बोल्न नसक्ने गम्भिर । रेफर गरीएकाे

४. ऐ.ऐ. बस्ने वर्ष २५ भुलेश्वर चौधरीको दायाँ खुट्टा भाँचीएको तत्काल अवस्था बोल्न नसक्ने गम्भिर ।

५. ऐ.ऐ. बस्ने वर्ष ३५ को प्रकाश चौधरीको टाउकोमा र शरिरको विभिन्न भागमा चोट तत्काल अवस्था बोल्न सक्ने मध्यम । रेफर गरीएकाे

६. ऐ.ऐ. बस्ने वर्ष ३० अभिषेक चौधरीको टाउकोमा चोट तत्कला अवस्था मध्यम ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments