19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठ'हनी ट्र्याप' गरेर ब्ल्याकमेल गर्ने दुई युवती पक्राउ

‘हनी ट्र्याप’ गरेर ब्ल्याकमेल गर्ने दुई युवती पक्राउ

काठमाडौं, एक सरकारी कर्मचारीलाई ‘हनी ट्र्याप’ (मायाजाल) मा पारेर लाखौं रुपैयाँ असुली गर्ने आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भएकी ३४ वर्षीया ममता तामाङ र भक्तपुर घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठलाई गिरफ्तार गरेको हो।

प्रहरी अनुसार, आरोपित युवतीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत एक पुरुषसँग सम्पर्क गरी होटलमा बोलाएकी थिए। त्यहाँ उनीहरूले पीडितलाई मदिरा सेवन गराई नग्न अवस्थामा फोटो तथा भिडियो खिचेर ब्ल्याकमेल गरेका थिए। उक्त फोटो र भिडियो देखाएर घर र जग्गाजमिन नदिए बलात्कारको मुद्दा लगाउने धम्की समेत दिएका थिए।

पीडितले बुधबार आँचल श्रेष्ठलाई पाँच लाख रुपैयाँ दिने सहमति जनाएपछि प्रहरीले योजनाबद्ध रूपमा कारबाही गरी दुबै आरोपितलाई चेकको आधारमा पक्राउ गरेको हो।

“यी युवतीहरूले सोही चेकको प्रयोग गर्न लाग्दा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो,” काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।

- Advertisement -

प्रहरीले यी युवतीहरूले अझै धेरै पुरुषहरूलाई यसरी नै फँसाएर रकम ऐंठेको शंका गरिएको बताएका छन्। अनुसन्धान अघि बढाइँदै छ।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments