25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियभवन निर्माणका लागि काठमाडौंमा जग्गा खरीद गर्दै स्वावलम्बन लघुवित्त

भवन निर्माणका लागि काठमाडौंमा जग्गा खरीद गर्दै स्वावलम्बन लघुवित्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रिय कार्यालयको भवन निर्माणका लागि जग्गा खरीद गर्ने निर्णय गरेको छ ।

फागुन १ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर ४, बालुवाटारमा १ रोपनी ११ आना शून्य पैसा २ दाम (८६२.९९ व.मि) को जग्गा खरीद गर्ने निर्णय गरेको हो ।

- Advertisement -

राष्ट्रिय स्तरको यस कम्पनीले हाल ६१ जिल्लामा १४५ ओटा शाखा कार्यालयमार्फत २ लाख ६३ हजारभन्दा बढी विपन्न परिवारमा सेवा प्रदान गरिरहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ८ करोड रुपैयाँभन्दा बढी खुद नपाmा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोषमा १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी रकम कायम छ ।

हाल कम्पनीको चुक्तापूँजी भने १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ छ ।

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments