26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठभगिरथ चापागाईं बचाउ अभियान आजबाट पुर्ण रुपमा समाप्त, उठेको रकम आमा र...

भगिरथ चापागाईं बचाउ अभियान आजबाट पुर्ण रुपमा समाप्त, उठेको रकम आमा र श्रीमतीलाई

दिलकुमार पाख्रीन/ २४ जुलाइ, कुवेत। लुम्बिनी समाज कुवेतका कार्यवाहक अध्यक्ष रमेश नेपालिको अध्यक्षतामा आज एक भेलाको आयोजना गरि आजबाट भगिरथ चापागाईं बचाउ अभियान पुर्ण रुपमा समापन गरिएको छ। पछिल्लो समयमा विवादले उत्कर्षमा पुगेको यो अभियान आज कुवेत सिटिको मालियास्थित एसिया होटलको हलमा कुवेतका तीन दर्जनभन्दा बढी बुद्धिजीवी तथा पत्रकारहरुको उपस्थितिमा लुम्बिनी समाज कुवेतमा राखिएको संकलित रकम भगिरथ चापागाईँको निधनपछी उनकी श्रीमती नेपाल जानको लागि हवाइ टिकट ८९ दिनार शव नेपाल पठाउन ३५० दिनार र नेपालमा शवलाइ अन्तिम संस्कार गर्न २७७.८१० फिल्स खर्चिएर बचेको रकम भगिरथ चापागाईँकी आमा र उनकी श्रीमतिको नाममा बराबर पठाउने गरि उपस्थित सम्पुर्णले निर्विवादित सर्वसम्मत निर्णय गरिएको छ।

लुम्बिनी समाजका तत्कालिन महासचिव रुपेन्द्र बिक्रम हमालले भगिरथ चापागाइँ बचाउ अभियान चलाइ रहँदा आर्थिक हिनामिना भएको भन्दै विश्वव्यापी रुपमा आलोचना भएको थियो। अभियान आलोचित बनेपछी नेपाली समाज कुवेत र नेपाली दूतावास कुवेतको रोहबरमा रुपेन्द्र बिक्रम हमालले उक्त अभियानमा संकलन भएको ३६४२.५ फिल्स लुम्बिनी समाजलाइ हस्तान्तरण गरेका थिए। त्यसपछी पनि राम बस्नेतको संयोजकत्वमा छुट्टै समिती बनाइ भगिरथलाइ उद्दार गरि नेपाल पठाउने प्रक्रिया अघि बढ्दै गर्दा भगिरथको उपचारकै क्रममा हस्पिटलमा निधन भएको थियो। नवलपरासी, बर्दघाट निवासी भगिरथ चापागाइँ सवारी दुर्घटमा परि झन्डै २९ महिनादेखी अचेत अवस्थामा कुवेतको आदान हस्पिटलमा उपचाररत थिए।

आज तीन दर्जनबढी कुवेतका नेपाली समाजका बुद्धिजीवी वर्ग तथा पत्रकारहरुको उपस्थितिमा संकलित कुल ३६४२.५ फिल्समा खर्च ७१६.८१ फिल्स कटाएर रहेको बाँकी २९२५.६९ फिल्स मृतक चापागाईंकी श्रीमती र उनकी आमालाइ बराबर १४६८.८१० प्रतिव्यक्ती दिने भनी सर्वसम्मत निर्णय भएको छ। २९२५.६९ फिल्स भनेको आजको रेटमा १०,५८,००० अक्षेरी दस लाख अन्ठाउन्न हजार हाराहारी पर्न जान्छ। यसको मतलव मृतक चापागाईंकि श्रीमती र आमालाइ झन्डै प्रतिब्यक्ती ५ लाख २९ हजार रुपैयाँको बराबरी पर्न जान्छ। उक्त रकम लुम्बिनी समाजका प्रतिनिधि, (सम्भव भएमा) र स्थानिय जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गर्ने गरि पठाउन लुम्बिनी समाजको माइनट बुकमा माइनेटिङ गरि उपस्थित सबैले हस्ताक्षर गरिएको छ।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments