26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठएन आर एन ए कुवेतको नयाँ कार्यसमितिको लागि ३२ जनाको उम्मेदवारी

एन आर एन ए कुवेतको नयाँ कार्यसमितिको लागि ३२ जनाको उम्मेदवारी

आर डि क्रीएशन/२० जुलाइ, कुवेत। एनआरएनए एनसीसी कुवेतको छैटौं महाधिवेशन मार्पmत नयाँ कार्यकालको विभिन्न पदको लागि ३२ जनाले उम्मेदवारी दिएका छन् । नयाँ कार्यकाल २०१९ २१ को लागि अन्तर्राष्टिय समन्वय परिषदको अध्यक्ष पदमा सुजन केसि तथा अन्तराष्टिय समन्यय परिषदको सदस्यमा पुनः अमित राइले उम्मेदवारी दिएका छन् ।
त्यसै गरि प्रथम उपाध्यक्ष पदमा हरि लावती, उपाध्यक्ष पदमा उमेश पुडासैनी, राणा ध्वज लामा र होमनाथ गिरीले उम्मेदवारी दिएका छन भने महिला उपाध्यक्ष पदमा अमृता बान्तवाले उम्मेदवारी दिएकी छन् । महासचिव पदको लागि मान बहादुर तामाड(दिल कुमार पाख्रिन) र सचिव २ पदको लागि जिबन कुमार बिक तथा माधव साहीले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा पुनः हर्क मोक्तानले उम्मेदवारी दिएका छन् भने सह कोषाध्यक्षमा पुर्ण प्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ । युवा संयोजक पदको लागि नबराज पराजुली र नबिन लोप्चनले उम्मेदवारी दिएका छन् भने युवा सह संयोजक पदको लागि कसैको पनि उम्मेदवारी परेको छैन । महिला संयोजक पदमा रमिता योन्जनको उम्मेदवारी परेको छ भने महिला सह संयोजक पदमा माया राईले उम्मेदवारी दिएकी छन् भने कार्य समितिको सदस्य पदमा १५जनाले उम्मेदवारी दिएका छन् ।

नयाँ कार्यकालको लागि बनेको कार्य समिति
आइसीसी सदस्यः अमित राई
अध्यक्षः सुजन केसि
प्रथम उपाध्यक्षः हरि लावती
महिला उपाध्यक्षः अमृता बान्तवा
उपाध्यक्षः उमेश पुडासैनी, राणा ध्वज लामा, होम नाथ गिरी
महासचिवः मान बहादुर तामाङ(दिल कुमार पाख्रिन)
सचिवः जिबन कुमार बिक, माधव शाही
कोषाध्यक्षः हर्क बहादुर मोक्तान
सह कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ
युवा संयोजकः नबराज पराजुली, नबिन लोप्चन
महिला संयोजकः रमिता योञ्जन
महिला सह संयोजकः माया राई
सदस्यहरु
बम बहादुर बिष्ट
दामोदर बटाला
देबी बहादुर सुनुवार
प्रकाश राई
माधव पौडेल
गीता गुरुङ
प्रदिप कार्की
मनोज ढकाल
दल बहादुर बस्नेत
सोनाम लामा
जिबन सुनार
अनुशा राई
ध्रुब कुमार कार्की
प्रेम प्रसाद गुरुङ
मोहन कुमार पौड्याल
गाेविन्द पाैडेल

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments