20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठबाढीबाट कसरी सुरक्षित रहने ?

बाढीबाट कसरी सुरक्षित रहने ?


काठमाडौं । मनसुन सुरु भएसँगै बाढी र पहिरोका घटना बढ्न थालेका छन् । भारी र धेरै भारी वर्षासँगै आउने बाढी र पहिरोले जनधनको क्षति हुन थालेको छ ।

मंगलबार रसुवामा आएको बाढीबाट नै ठूलो परिमाणमा जनधनको क्षति भयो । यो त पछिल्लो उदाहरण मात्रै हो, मनसुनमा जुनसुकै समय बाढी र पहिरोको उच्च जोखिम रहन्छ ।

मनसुन सिजनमा मौसम हेरेर मौसम तथा बाढीको पूर्वानुमान सूचनाबारे जानकारी लिनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुरक्षित स्थान पहिचान गरेर बस्न र बाढी आएको अवस्थामा उक्त स्थानमा तत्काल गएर बस्नुपर्ने विभागको भनाइ छ ।  आपतकालीन नम्बरहरू लेखेर साथमा राख्नुपर्ने र आवश्यक परे सहयोगका लागि सम्पर्क गर्न विभागको आग्रह छ ।

- Advertisement -

खोलाको छेउ र पुलबाट टाढा रहन विभागको सुझाव छ ।

“बाढी आएको अवस्थामा घर फर्किनुअघि सरोकारवाला निकायका अधिकारीको स्वीकृति पर्खनुपर्छ,” विभागले भनेको छ, “घरको संरचना र बिजुलीको तार जाँच गर्नुपर्छ ।”

घर सफा गरेर मात्र घरमा बस्नुपर्ने विभागले जनाएको छ ।

बाढी आएको वा पानी परिरहेको समयमा नदी तटीय क्षेत्रमा नबस्न नदीको कोरिडोरबाट यात्रा नगर्न विभागले आग्रह गर्दै आएको छ ।  बाढी आएको समय होचा तथा डुबान भइरहने भूभागमा बस्न नहुने र बाढी आएको समयमा आसपासका क्षेत्रमा आवतजावत गर्न नहुने विभागले आग्रह गरेको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments