20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठआठराई गाउँपालिकाको श्रमदानसहित वृक्षारोपण अभियान, ७ हजारभन्दा बढी बिरुवा रोपियो

आठराई गाउँपालिकाको श्रमदानसहित वृक्षारोपण अभियान, ७ हजारभन्दा बढी बिरुवा रोपियो


आठराई । आठराई गाउँपालिकाले पहिलोपटक श्रमदानको माध्यमबाट वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत माझिटार–चुहानडाँडा–ईवा–संक्रान्तिबजार–डाँडागाउँ हुँदै कोयाखोला सम्मको करिब ४० किलोमिटर सडक किनारमा वृक्षारोपण गरिएको गाउँपालिकाले जनाएको छ।

“गाउँपालिकालाई हरियाली, हराभरा तथा पर्यटकीय हिसाबले आकर्षक बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो,” गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए।कार्यक्रम अन्तर्गत आप, जामुन, क्रिस्मस ट्री, गुलमोहर, धुपी, कटहर, दाते ओखर, कल्की, एभोकाडो, लप्सी लगायतका ७ हजारभन्दा बढी बिरुवा रोपिएको छ।

वृक्षारोपण अभियानमा जनप्रतिनिधि, गाउँपालिका कार्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी र स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। गाउँपालिकाले वातावरण संरक्षण, सौन्दर्य अभिवृद्धि तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अभियानलाई अघि बढाएको जनाएको छ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments