21.1 C
Kathmandu
Monday, April 27, 2026
spot_img
Homeगृहपृष्ठफिदिम–फालोट सडक फेमेखोलामा अवरुद्ध, सडक खुलाउने प्रयास

फिदिम–फालोट सडक फेमेखोलामा अवरुद्ध, सडक खुलाउने प्रयास


पाँचथर ।फिदिम नगरपालिका–१ र ११ जोड्ने फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलामा डाइभर्सन बाहिरबाट बगेको बाढीले सडक कटान गरेको छ ।

बाढीले निर्माणाधीन डाइभर्सनलाई छलेर अर्को किनारबाट बग्दै मुख्य सडक भाग बगाएको हो । खोलाको बहाव अनियन्त्रित बनेपछि फिदिम नगरपालिका–१०, ११, १२, १३ र फालेलुङ गाउँपालिका जोड्ने मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

खोलाको बहाव पुनः डाइभर्सन तर्फ फर्काउन डोजरमार्फत काम थालिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुखले जानकारी दिए । “डाइभर्सनमै खोलाको बहाव ल्याएर सडक खुलाउने प्रयास भइरहेकाले केही समय लाग्न सक्छ,” उनले भने । सडक खुलाउने प्रयास जारी छ ।

- Advertisement -

 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments