21.1 C
Kathmandu
Monday, April 27, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरको याङवरकमा सडक सञ्चालन, तर मेची राजमार्गको हेवामा डाइभर्सन बाढीले अवरुद्ध

पाँचथरको याङवरकमा सडक सञ्चालन, तर मेची राजमार्गको हेवामा डाइभर्सन बाढीले अवरुद्ध


पाँचथर। याङवरक गाउँपालिका–२ को दोभान र वडा नम्बर ३ को रिजाल भीरमा शनिबार राति पहिरोले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको अवरोध हटाई आजदेखि सवारी आवागमन पुनः सुचारु गरिएको छ।

तर, पाँचथरको मेची राजमार्गको हेवा खोलाको डाइभर्सन बाढीले अवरुद्ध भएको छ।  बाढीको कारण राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। बेलिब्रिज बगाएपछि बनाइएको मोडुल ब्रिज पनि भाँचिएपछि यातायात डाइभर्सनमै भर परेको थियो। तर अहिले डाइभर्सनमाथि पनि बाढी बगिरहेकाले यातायात पूर्ण रूपमा ठप्प भएको छ।

- Advertisement -

यस कारणले ताप्लेजुङ र पाँचथरका तीन पालिकामा जाने सम्पूर्ण यातायात ठप्प छ र स्थानीय जनजीवन प्रभावित भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, याङवरकको सडकखण्ड सुचारु भए तापनि मेची राजमार्गको यो खण्ड खुलाउन प्रयास जारी छ।

स्थानीयवासीहरूले यस प्रकारका बारम्बार हुने विपद् समस्या समाधानका लागि स्थायी पूर्वाधार विकासको माग गरिरहेका छन्।

 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments