23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishप्रधानमन्त्रीलाई अभिनेत्री ढुङ्गानाको आग्रह- नेपालको इज्जत जोगाइदिनुस्

प्रधानमन्त्रीलाई अभिनेत्री ढुङ्गानाको आग्रह- नेपालको इज्जत जोगाइदिनुस्

अभिनेत्री नीता ढुङ्गानाले देशको इज्जत जोगाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन्।

‘बिन्ती छ, नेपालको इज्जत जोगाइदिनुस्। बिन्ती छ, नेपाली जनताको भावना बुझिदिनुस्,’ अभिनेत्री ढुङ्गानाले मङ्गलबार आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेखेकी छन्।

उनले नेपालको आजको हालत कसले बनायो भनेर पनि प्रश्न गरेकी छन्। ‘विग केही वर्षदेखि नेपालको शासक तपाईंहरू कांग्रेस, एमालेमा, माओवादी। अब यो बेइज्जतको जिम्मेवारी तपाईंहरूले लिनुपर्ने कि नपर्ने ?,’ उनले सोधेकी छन्।

उनले केही समययता प्रधानमन्त्रीको फोटो खिच्ने/फोटो खिचाउने बाहेक अरु काम नदेखिएको पनि बताएकी छन्। ‘उन्नति, प्रगति र देशमा के भइरहेको छ ? हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौँ। कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जस्तै हुनुपर्छ भनेर ठाँटले भन्ने म कलाकार आज कन्फ्यूजमा छु,’ उनले लेखेकी छन्।

- Advertisement -

अभिनेत्री ढुङ्गानाले सपना र विश्वास सपना र विश्वासमै सीमित रहेको पनि बताएकी छन्। ‘नेपाली जनताका लागि तपाईंले बोलेका शब्दहरूमा विश्वास गर्ने हो, तपाईंले देखाएका सपनाहरूमा हामीले आफ्नो सपना देख्ने हो। तर, विश्वास विश्वासमा मात्र सीमित रह्यो, सपना सपनामा मात्र सीमित रह्यो, दुःख लाग्छ,’ उनले भनेकी छन्।

भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी.टेक तेस्रो वर्ष पढ्दै गरेकी प्रकृति लम्साल मृत्युको प्रसङ्ग जोड्दै उनले त्यहाँका कर्मचारीहरूले हेपेर बोलेकोप्रति चित्त दुखाएकी छिन्।

प्रकाशित: ६ फाल्गुन २०८१ १६:५४ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments