26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनेशनल लाईफको एमडिआरटी सम्मान तथा तालीम

नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालीम



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनमा ‘एमडिआरटी सम्मान तथा तालीम कार्यक्रम’ सम्पन्न गरेको छ । 

अभिकर्ताहरूको अन्तरराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनोट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनोट भएका १०० जना एमडिआरटी अभिकर्तालाई सो कार्यक्रममा सम्मान गरिएको बताइएको छ ।

- Advertisement -

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यास शुरू गरिएको बताए । अभिकर्ताको व्यावसायिकीकरणलाई सधैं उच्च स्थानमा राख्दै विविध मासिक र वार्षिक प्रोत्साहन योजना पेश गर्दै आएकोमा आगामी दिनमा पनि कम्पनीले यसलाई निरन्तरता दिने बताए । 

एमडिआरटी २०२५ मा तोकिएको करीब ४७ लाख देखि ३ करोड रुपैयाँसम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडिआरटी, ३ जनाले सिओटी र २ जनाले टिओटीको लक्ष्य हासिल गरेको बताइएको छ । 

सो अवसरमा अन्तरराष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालीम प्रदान गरेका थिए ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments