20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियप्रकृतिको निधनप्रति राष्ट्रिय सभाद्वारा दुःख व्यक्त, न्यायका लागि कुटनीतिक पहल गर्न आग्रह

प्रकृतिको निधनप्रति राष्ट्रिय सभाद्वारा दुःख व्यक्त, न्यायका लागि कुटनीतिक पहल गर्न आग्रह


काठमाडाैँ । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको निधनप्रति राष्ट्रिय सभाले दुःख व्यक्त गरेको छ । 

मंगलवारको सभाको बैठकमा राष्ट्रि सभा अध्यक्ष नारायणप्रसाद दाहालले मृतक लम्साललाई न्याय दिन तर्फबाट यथाशिघ्र गम्भीर रुपमा कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका हुन् ।

प्रकृति लम्सालको रहस्यमय निधनको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस विषयमा सत्यतथ्य छानविन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रुपमा कुटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘माननीय सदस्यहरु । सभाको आजको बैकठमा आकस्मिक समयमा माननीय सदस्यहरुले उठाउनुभएको भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय निधनको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा सत्यतथ्य छानविन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रुपमा कुटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु । साथै उक्त कलेजमा अध्ययनरत नेपाली छात्राछात्रले सुरक्षित वातावरणमा निर्भिकताकासाथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्दछु ।’

- Advertisement -

उनले उक्त क्याम्पसमा अध्ययनरत नेपाली छात्राछात्रले सुरक्षित वातावरणमा निर्भिकताकासाथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरे । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १२:११




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments