26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियपहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार RD Creation

पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार RD Creation


एजेन्सी : पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पहलगाममा भएको आक्रमणपछि भारतले आधारहीन आरोप लगाएको बताउँदै त्यो बन्द हुनुपर्ने बताएका छन्। उनले यस मुद्दाको निष्पक्ष अनुसन्धानमा हर सम्भव सहयोग प्रदान गर्न तयार रहेको पनि बताएका हुन्।

बीबीसीका अनुसार शाहबाज शरीफले पाकिस्तानी सेना सीमाको रक्षा गर्न तयार रहेको र यसबारे कुनै भ्रम नपाल्न पनि चेतावनी दिए । उनले भने, ‘शान्ति हाम्रो चाहना हो, तर यसलाई हाम्रो कमजोरी मान्नु हुँदैन।’ शरीफले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई कुनै पनि हालतमा रक्षा गर्ने स्पष्ट पारे।

मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो। यसपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी सीमा बन्द गर्ने लगायत धेरै निर्णयहरू गरेको थियो। यसको जवाफमा पाकिस्तानले पनि धेरै कदम चालेको छ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments