20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठपोखरा-जोमसोममा उडान बन्द गरिएको छ

पोखरा-जोमसोममा उडान बन्द गरिएको छ

काठमाडौं: मनसुनको प्रतिकूल मौसम र हवाई यात्रुको सङ्ख्या घटेपछि पोखरा-जोमसोम हवाई मार्गमा उडान सञ्चालन गर्ने निजी वायुसेवा कम्पनीहरूले दुई महिनाका लागि उडान बन्द गर्ने निर्णय गरेका छन्।

तारा एअरलाइन्सले असार २ गतेदेखि सेप्टेम्बरको पहिलो सातासम्म उडान रोकिएको जानकारी कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले दिए। उनका अनुसार, “हवाई यात्रु कम भएको र मौसम प्रतिकूलताका कारण उडान स्थगित गरिएको हो। नयाँ याम सुरु भएपछि उडान पुनः सञ्चालन हुनेछ।”

यसैगरी, समिट एअरलाइन्सले पनि असार २० गतेदेखि दुई महिनाका लागि यस मार्गमा उडान बन्द गर्ने घोषणा गरेको छ। कम्पनीका स्टेशन इञ्चार्ज सुमन थकालीले “हाल यस रुटमा दैनिक एउटा मात्र उडान हुने गरेको छ, यात्रु सङ्ख्या पनि न्यून छ” भने।

जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएदेखि हवाई यात्रु घटेको पुष्टि गरेको छ। कार्यालय प्रमुख दीपक पोखरेलका अनुसार, तारा एअरले पहिले नै उडान स्थगित गरिसकेको छ भने समिट एअरले पनि चाँडै नै उडान बन्द गर्ने बताएको छ।

यसका साथै, मुस्ताङ जिल्ला प्रहरी कार्यालयले सडकमार्गबाट आउने यात्रुहरू पनि घटेको जानकारी दिएको छ। प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार, बर्षाको प्रभावले यातायातमा असर पारेको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments