19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठझापामा पैसा माग्दा नदिएपछि हजुरआमामाथि खुकुरी प्रहार

झापामा पैसा माग्दा नदिएपछि हजुरआमामाथि खुकुरी प्रहार


झापा  ।  पैसा माग्दा नदिएपछि रिसको आवेगमा झापाको भद्रपुरका एक युवकले ७२ वर्षीया आफ्नी हजुरआमामाथि खुकुरी प्रहार गरेका छन्।

आज बिहान अन्दाजी ५ बजेतिर भद्रपुर नगरपालिका–१० स्थित सत्र बिगेमा सोही ठाउँ बस्ने २७ वर्षीय महेश सुबेदीले आफ्नै हजुरआमा ७२ वर्षीया थिनमाया सुबेदीको घरमा आई पैसा माग्दा नदिएपछि रिसको आवेगमा खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। थिनमाया घरमा एक्लै बस्दै आएकी थिइन्।

घाइते थिनमाया सुबेदीलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। उनको चिउँडोमा गहिरो चोट लागेको छ।

खुकुरी प्रहार गर्ने नाति महेश सुबेदी घटनापछि फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments