19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरको शिवामा भेटिएको शङ्कास्पद बस्तु ग्रिनेड

पाँचथरको शिवामा भेटिएको शङ्कास्पद बस्तु ग्रिनेड


पाँचथर । पाँचथरको फिदिम नगरपालिका–६ सिवामा एक व्यक्तिको घरमा भेटिएको शङ्कास्पद बस्तु ग्रिनेड बम भएको खुल्न आएको छ । उक्त बम डिस्पोज गर्नका लागि नेपाली सेनाको विरदल गणको टोली घटना स्थलमा पुगेको छ ।

घरमा सिउरिएर राखिएको अवस्थामा शङ्कास्पद बस्तु भेटिएको थियो । घरवरीपरी खाली गरिएको छ । राखिएको ठाउँबाट निकालेर डिस्पोज गर्ने तयारी भएको छ । स्थानीय प्रेम तुम्राेककाे घरमा केहिबर्ष अगाडीदेखि बम राखिएकाे अनुमान छ ।

प्रहरीका अनुसार केही वर्ष अगाडीदेखि राखिएको अवस्थामा शङ्कास्पद बस्तु भेटिएको छ । कहिले देखि राखिएको थियो परिवारको सदस्यलाई पनि थाहा नभएको बताइएको छ ।

घटना स्थल सुरक्षित राखि डिस्पोज गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ख्यामराज घिमिरेले जानकारी दिए ।

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments