25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठदोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु

दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु

काठमाडौं, टोखा — वाग्मती प्रदेशभरिका तेक्वान्दो खेलाडीहरूको सहभागितामा टोखा नगरपालिकाको बसुन्धारामा “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता” सुरु भएको छ। शनिबार बसुन्धारा स्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजना भएको उद्घाटन समारोहमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले संयुक्त रूपमा प्रतियोगिताको शुभारम्भ गरे।


यस अवसरमा मेयर अधिकारीले “तेक्वान्दो खेलको विकास र प्रवर्द्धनका लागि टोखा नगरपालिका सदैव प्रतिबद्ध छ” भन्दै स्थानीय खेलाडीहरूको प्रतिभा संवर्द्धन गर्न नगरपालिकाले निरन्तर सहयोग जारी राख्ने बताए। उद्घाटन कार्यक्रममा न्युज २४ टेलिभिजनका प्रसिद्ध पत्रकार बिरेन्द्र जैरुलाई सम्मानित गरिएको थियो।

4b695f1a-497e-48a6-8e2d-f5bbb96cb100-1747566186.jpg
प्रतियोगिताको मुख्य आकर्षण
५ सयभन्दा बढी सिनियर र जुनियर खेलाडीको सहभागिता (वाग्मती प्रदेशका १३ जिल्लाबाट) १०, १२, १४, १७ वर्ष मुनिका पुम्से र १३ वर्ष मुनिका गेरोगी विधामा प्रतिस्पर्धा
सांस्कृतिक नृत्य र तेक्वान्दो प्रदर्शनी खेल विजेताहरूलाई मेडल, ट्रफी, प्रमाणपत्र र ओप्पो मोबाइल पुरस्कार

आयोजकको विश्वास
प्रतियोगिताका सह-आयोजक वाग्मती प्रदेश तेक्वान्दो संघ र एसकेबिसी तेक्वान्दो क्लब का अनुसार यसले खेलाडीहरूमा स्वस्थ प्रतिस्पर्धा, अनुशासन र तेक्वान्दो कौशल विकास गर्न मद्दत गर्नेछ। क्लबका मुख्य प्रशिक्षक रञ्जित चौधरी ले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र निर्णायकहरूलाई विशेष पुरस्कार दिइने जानकारी दिए।

प्रतियोगिता आइतबारसम्म जारी रहने छ।

- Advertisement -

स्रोत: एसकेबिसी तेक्वान्दो क्लब, टोखा नगरपालिका

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments