23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठजगदगुरु जन्मोत्सवमा अतिदुर्लभ श्रीरामार्चन महायज्ञ

जगदगुरु जन्मोत्सवमा अतिदुर्लभ श्रीरामार्चन महायज्ञ


जगदगुरु महायोगी सिद्धबाबाको जन्मोत्सवका अवसरमा श्रीरामार्चन महायज्ञ आयोजन गरिएको छ । 

शास्त्रका अनुसार योगीहरुले गर्ने गोप्य महायज्ञका रुपमा रहेको श्रीरामार्चन महायज्ञ अति दुर्लभ महायज्ञ चतराधामस्थित रामानन्दाचार्य सेवा पीठमा आयोजन गरिएको छ । 

अनन्तश्री विभूषित जगदगुरु महायोगी सिद्धबाबाको सङ्कल्पमा पहिलो पटक पञ्चमुखी सङ्कटमोचन हनुमान विराजमान धाम श्रीराम तारक ब्रह्म पीठमा खुल्ला रुपमा आयोजन गरिएको पीठले जानकारी दिएको छ । पीठका सेवक आकाश शर्माका अनुसार जगदगुरुको जन्मोत्सवका अवसरमा श्रीरामार्चन महायज्ञ आयोजन गरिएको हो । 

- Advertisement -

IMG_20250219_231041

रामार्चन महायज्ञ श्रृष्टिको अनादिकाल देखि नै सम्पूर्ण दुःख – कष्टको निवृत्ति गरी समस्त ऐश्वर्य प्रदान गर्नेवाला एवं मोक्षदायीनी हुनुका साथै सम्पूर्ण यज्ञहरूको पनि यज्ञराज रहेको र यो कलियुगको अति दुर्लभ महायज्ञ भएको जगदगुरु महायोगी सिद्धाबाबाले बताउनु भएको छ । 

शास्त्रमा उल्लेख भएअनुसार महायज्ञबाट विभिन्न प्रकारका ऋद्धि-सिद्धि प्राप्त हुने, कलियुगमा समेत जीव कल्याणका लागि श्रीरामार्चन पूजन महायज्ञ गर्ने गरिएको छ । भगवान नारायणले पनि श्रीरामार्चन पूजन महायज्ञ गर्नुभएको, भगवान ब्रह्माले पनि बह्मलोकमा श्रीरामार्चन पूजन महायज्ञ गर्नु भएको साथै भगवान शिवले पनि कैलाशमा श्रीरामार्चन पूजन महायज्ञ गर्नु भएको शास्त्रीय मान्यता रहेको छ । यो यज्ञको प्रभावले सन्तान नहुनेहरुमा सन्तान प्राप्ति, बाधा र रोगबाट मूक्ति प्राप्त हुने, सबै मनोवान्छित फल प्राप्त हुने मान्यता रहेको छ ।  

Siddha baba janmotsav

महायज्ञसँगै श्रीगुरु पादुका पूजन, मङ्गल उत्सव, श्रीगुरुचरणकमलमा बधाई अर्पण, महाआरती, भण्डारा प्रसादलगायतका कार्यक्रम आयोजना गरिएको जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठले जानकारी दिएको छ । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments