17.1 C
Kathmandu
Saturday, May 2, 2026
spot_img
Homeगृहपृष्ठजगदगुरु जन्मोत्सवका अवसरमा छात्रवृत्ति प्रदान

जगदगुरु जन्मोत्सवका अवसरमा छात्रवृत्ति प्रदान


अनन्तश्री विभूषित जगदगुरु महायोगी सिद्धबाबाको पावन आविर्भाव महोत्सवका अवसरमा रामानन्दाचार्य सेवा पीठले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । 

जगदगुरु जन्मोत्सवका अवसर पारेर बुधबार आयोजित छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा जगदगुरु महायोगी सिद्धबाबाले मधुवनकी मनिषाकुमारी मेहता र चतराकी मनिषा थापालाई जनही १३ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । 

यस्तै भोजपुरकी कन्चन खत्री, चक्रघट्टीकी एलिना श्रेष्ठ, इक्राहीकी सुरक्षा कार्कीलाई जनही १६ हजार रुपैयाँ प्रदान गरिएको छ । 

- Advertisement -

भरौलकी दीपा विष्ट र चक्रघट्टीकी दीक्षा न्यौपानेले क्रमशः १० हजार २ सय र १५ हजार ८ सय छात्रवृत्ति स्वरुप प्राप्त गरेका छन् । 

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुमा विद्यालय र क्याम्पस अध्ययन गर्ने विद्यार्थी रहेका छन् । उनीहरुलाई पीठले अध्ययन गर्न लाग्ने वार्षिक रकम प्रदान गरेको पीठका सेवक आकाश शर्माले जानकारी दिनु भयो । 

पीठको सामाजिक उत्तरदायित्वसँगै छात्राहरुको अध्ययनलाई हौसला प्रदान गर्न छात्रवृत्ति प्रदान गरिएको पीठले जनाएको छ । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments