20.1 C
Kathmandu
Monday, April 27, 2026
spot_img
HomeNRNAगैरआवासीय नेपाली संघ (एनआरएनए) प्रति सम्मान व्यक्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रति सम्मान व्यक्त


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा महत्वपूर्ण सहकार्य प्रदान गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रति सम्मान व्यक्त गरेको छ। सो अवसरमा सम्मेलनको सफल आयोजना र श्रम, रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा सशक्त नीति निर्माणमा योगदान पुर्याएको भन्दै मन्त्रालयले एनआरएनएसहित विभिन्न संघ–संस्थाहरू, विज्ञ, सामाजिक साझेदार तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्मान प्रदान गरेको हो।

सन् २०२५ को मार्च १० र ११ तारिखमा सम्पन्न सम्मेलनका क्रममा विभिन्न विषयमा गहन छलफल र सुझाव आदानप्रदान भएका थिए, जसमा संघका तर्फबाट अध्यक्ष डा बद्री केसीको पनि सक्रिय सहभागिता रहेको थियो। यस्तै सम्मेलनको सुरुवातदेखि नै गैरआवासीय नेपाली संघले सहकार्य गर्दै आएको थियो । सम्मेलनको प्रायोजनमा पनि संघले सहयोग गरेको थियो ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments