20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठगृहमन्त्री लेखक नैतिकताको दोहोरो मापदण्डको प्रश्नमा

गृहमन्त्री लेखक नैतिकताको दोहोरो मापदण्डको प्रश्नमा

काठमाडौं, नैतिकता र आदर्शको बयानबाजी गर्ने गृहमन्त्री रमेश लेखक आफैं अब एक ठूलो नैतिक संकटमा परेका छन्। “भिजिट भिसा” घोटालामा उनको नाम उल्लेख हुँदै उनको भूमिकामा प्रश्न उठेको छ।

अरूलाई नैतिकताको पाठ पढाउने, अब आफ्नो परीक्षा
एक वर्ष अघि कांग्रेस विपक्षमा हुँदा लेखकले सहकारी घोटालामा संलग्न तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन दबाब बनाएका थिए। उनले भनेका थिए, “जस्माथि पनि आरोप लाग्छ, उसले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ।” तर अहिले उनको मन्त्रालयका अधिकारीहरू भ्रष्टाचारमा लिप्त भएपछि उनी मौन छन्।

भिजिट भिसा घोटाला: लेखक कसरी जोडिए ?

केही दिन अघि मानव तस्करी अनुसन्धान गरिरहेका राजदूत तीर्थराज भट्टराईलाई सरुवा गरियो। यसको पछि अख्तियार (CIAA) ले भट्टराईलाई गिरफ्तार गर्यो। यो सरुवा भिजिट भिसा घोटाला लुकाउन प्रयास भएको आरोप छ। गृह मन्त्रालयले अहिलेसम्म १५ अधिकारी सरुवा गरिसकेको छ, जसले घोटालाको जरा मन्त्रालयको माथिल्लो तहसम्म पुगेको शंका बढाएको छ।

लेखकको सचिवालय पनि आरोपको घेरामा
भिजिट भिसाको ठूलो लेनदेनमा गृहमन्त्रीको सचिवालयका कर्मचारी समेत संलग्न भएको आरोप छ। यसले लेखकको भूमिकामा प्रश्न उठेको छ।

सर्वोच्चमा रिट, राजीनामाको माग
यस मामलामा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ जसमा लेखकलाई पदबाट हटाउन माग गरिएको छ। अधिवक्ता मधु चौलागाइले यो रिट दायर गरेकी हुन्। यदि जांच अगाडि बढ्यो वा जनदबाव बढ्यो भने लेखकले नैतिकताको आधारमा राजीनामा दिन बाध्य हुन सक्छन्।

लेखक आफ्नै सिद्धान्तमा कति कायम ?
लेखकले भनेका थिए, “आरोप लागेमा तुरुन्त राजीनामा दिनुपर्छ।” अब हेर्न बाँकी छ, उनी आफ्नै नियममा कडा हुनेछन् कि दोहोरो मापदण्ड अपनाउनेछन्?

- Advertisement -

यो खबर विभिन्न स्रोतहरूबाट प्राप्त जानकारीमा आधारित छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments