19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियओमानले चीन र भारतबाट आयात हुने सिरामिक टाइलमा एन्टी-डम्पिङ शुल्क लगाउने

ओमानले चीन र भारतबाट आयात हुने सिरामिक टाइलमा एन्टी-डम्पिङ शुल्क लगाउने

मस्कट, खाडी सहयोग परिषद् (GCC) को सदस्य राष्ट्र ओमानले चीन र भारतबाट आयात हुने सिरामिक र पोर्सिलिन टाइलहरूमा एन्टी-डम्पिङ शुल्क लगाउने घोषणा गरेको छ। यो निर्णय मे २९ देखि लागू हुनेछ।

किन लगाइएो एन्टी-डम्पिङ शुल्क ?
ओमानको वाणिज्य, उद्योग र लगानी प्रवर्द्धन मन्त्रालय (MOCIIP) ले यो निर्णय GCC को “एन्टी-डम्पिङ, काउन्टरभेलिङ र सेफगार्ड उपायहरू” सम्बन्धी एकीकृत कानून अन्तर्गत गरेको हो। मन्त्रालयकी वाणिज्य महानिर्देशक नसरा बिन्त सुल्तान अल हब्सीले यसको पछि GCC क्षेत्रमा चीन र भारतबाट सिरामिक टाइलहरूको “डम्पिङ” (अनुचित रूपमा सस्तो बिक्री) भइरहेको शिकायत आएपछि १२ महिनासम्म अनुसन्धान गरिएको बताइन्।

स्थानीय उद्योगलाई संरक्षण
MOCIIP का प्रतिस्पर्धा र एन्टी-मोनोपोली केन्द्रका महानिर्देशक अहमद बिन सलेम अल रस्बीले यो निर्णयले स्थानीय बजारलाई अनुचित मूल्य प्रतिस्पर्धाबाट जोगाउने, स्थानीय उत्पादकहरूलाई प्रोत्साहन दिने र रोजगारी बढाउने बताए। उनले यसले दीर्घकालमा उपभोक्तालाई पनि फाइदा पुग्ने दावी गरे।

बजार नियन्त्रण कडा
उपभोक्ता संरक्षण प्राधिकरणका महानिर्देशक खालिद बिन ईसा अल अम्रीले चीन र भारतबाट आयात हुने टाइलको मूल्य नियन्त्रण गर्न निरीक्षण अभियान बढाइएको बताए। उनले उल्लंघन गर्ने व्यवसायी विरुद्ध कारबाही गरिने पनि चेतावनी दिए।

के हो डम्पिङ
डम्पिङ भनेको एक देशले अर्को देशमा उत्पादन लागतभन्दा धेरै सस्तोमा सामान बेच्ने प्रक्रिया हो। यसले स्थानीय उद्योगलाई नष्ट गर्ने खतरा बढाउँछ।

- Advertisement -

स्रोत: ओमान समाचार एजेन्सी

यो निर्णयले नेपाली टाइल निर्यातकहरूलाई पनि असर गर्न सक्छ, किनभने चीन र भारतबाट टाइल निर्यात घटेमा GCC देशहरूले अन्य स्रोत खोज्न सक्छन्।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments