20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियइजिप्टमा भयावह सडक दुर्घटना: १८ जनाको मृत्यु, चार घाइते

इजिप्टमा भयावह सडक दुर्घटना: १८ जनाको मृत्यु, चार घाइते

काठमाडौं/मेनुफिया, – इजिप्टको उत्तरी मेनुफिया गभर्नरेटम शुक्रबार एक ट्रक र माइक्रोबस बीच भएको भिडन्तमा १८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन्। मृतकहरूमा ५ देखि १८ वर्ष उमेरका बालबालिका समावेश छन्।

स्थानीय मिडिया ‘डोस्टोर’ का अनुसार, माइक्रोबसले तिब्र गतिमा यु-टर्न लिँदै गर्दा ट्रकसँग ठोक्किएको हो।
अधिकांश मृतक काफर सनाबिसाह गाउँका बासिन्दा हुन्।
घटनापछि मेनुफिया स्वास्थ्य निर्देशनालयले सबै सरकारी अस्पतालमा आपतकालीन अवस्था घोषणा गरेको छ।

हालै सरकारले सडक सुधारका लागि प्रयास गरे पनि, लापरवाह ड्राइभिङ र कमजोर सडक अवस्था का कारण यस्ता घातक दुर्घटनाहरू बढी हुँदै आएका छन्। इजिप्टमा प्रतिवर्ष सयौं जना सडक दुर्घटनामा मारिएका छन्, जसले सडक सुरक्षाको कडा नीति आवश्यक भएको संकेत गर्छ।

स्थानीय अधिकारीहरूले घटनाको गहिरो अनुसन्धान सुरु गरेका छन्।
यातायात नियम कार्यान्वयनमा कडाई ल्याउने र दुर्घटनारहित सडक निर्माण गर्न सरकारले अतिरिक्त कदम चाल्ने घोषणा गरेको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments