29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठभारतीय दूतावासअगाडि राष्ट्रवादी संगठनहरूद्वारा विरोध प्रदर्शन

भारतीय दूतावासअगाडि राष्ट्रवादी संगठनहरूद्वारा विरोध प्रदर्शन

काठमाडौँ — ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले मंगलबार भारतीय दूतावासअगाडि नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको र नेपाली भूमि भारतमा पार्ने बदनियत राखेको आरोप लगाए।

प्रदर्शनका क्रममा उनीहरूले “नेपालमाथिको हस्तक्षेप बन्द गर”, “इण्डियन हस्तक्षेप मुर्दावाद”, “राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर”, “गोर्खा भर्तीमा सम्झौता खारेज गर”, “मिटरब्याजी पीडितको सम्पत्ति फिर्ता गर” लगायतका नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments