25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियप्रधानमन्त्री ओली आज चितवन जाँदै

प्रधानमन्त्री ओली आज चितवन जाँदै


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन्।

नारायणगढ बजारमा निर्माण गिएको ६ लेनको सडक उद्घाटन गर्नका लागि प्रधानमन्त्री ओली आज चितवन, भरतपुर जान लागेका हुन्। उनी सँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि रहने छन्। तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ गते यो सडकको शिलान्यास गरेका थिए।

एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ। ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ। त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments