19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishआईपिएल : मुम्बई इन्डियन्सको तेस्रो जित

आईपिएल : मुम्बई इन्डियन्सको तेस्रो जित

इन्डियन प्रिमियर लिग (आईपिएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ। सनराइजर्स हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बइ इन्डियन्सले तेस्रो जित निकालेको हो।

मुम्बईस्थित वान्खडे रंगशालामा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो।

मुम्बईको जितमा विल ज्याक्सले ३६, रायन रिकेल्टनले ३१, कप्तान रोहित शर्मा र सुर्यकुमार यादवले समान २६ रनको योगदान गरे भने सुर्यकुमार र ज्याक्सले तेस्रो विकेटको लागि सर्वाधिक ५२ रनको साझेदारी गरेका थिए।

हैदरावादको लागि प्याट कमिन्सले सर्वाधिक तीन विकेट हात पारेका थिए।

- Advertisement -

पहिलो इनिङ्समा हैदराबादका लागि अभिषेक शर्माले ४०, हेनरिक क्लासनले ३७, ट्रभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत वर्माले अविजित १८ रन बनाए।

पहिलो विकेटका लागि अभिषेक र ट्रभिसले ५९ रनको साझेदारी गरेका थिए। मुम्बईका लागि विल ज्याक्सले दुई तथा ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र कप्तान हार्दिक पाण्डेयाले समान एक एक विकेट लिए।

यो तेस्रो जितपछि मुम्बईको प्लेअफ सम्भावना कायमै रहेको छ। ७ खेलमा ६ अंक जोडेको मुम्बई सातौँ स्थानमा छ। ४ अंकको हैदरावादको पनि सम्भावना कायम छ। तर, यो हारले भने अन्य टोलीको प्रदर्शनमा भर पर्नु पर्ने भएको छ।  शीर्ष स्थानको दिल्ली क्यापिटल्सको ६ खेलबाट १० अंक रहेको छ।

प्रकाशित: ५ वैशाख २०८२ ०८:३४ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments