23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठनेपाल तामाङ घेदुङ साइप्रसद्वारा २८५५औँ राष्ट्रिय सोनाम ल्होछार भव्य सम्पन्न

नेपाल तामाङ घेदुङ साइप्रसद्वारा २८५५औँ राष्ट्रिय सोनाम ल्होछार भव्य सम्पन्न

आर डि क्रीएशन/४ फेब्रुअरी, साईप्रस। नेपाल तामाङ घेदुङ साईप्रसद्वारा २८५५ औँ फाग ड्वा ल्हो राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। अतिथी कलाकार नेपाल आइडल सिजन वानका बिजेता बुद्ध लामा र म्हेन्दोमाया तथा सेलो गायक सुमन घलेको साथमा साङ्मु थोकरको सभापतित्व तथा होनरी कन्स्युलर रामजिवन पन्जियारको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। हिजो आइतबार साईप्रसको लिमासोल्स्थित Kyparissona हलमा भव्री सम्पन्न सो कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो। पहिलो भाग औपचारिक कार्यक्रम आयोजक संस्थाकी महासचिव लक्ष्मी ब्लोनले र दोस्रो अनौपचारिक कार्यक्रम सचिव सुनिला दोङ तामाङले सहजीकरण गरेकी थिइन।

‘तामाङ भाषा, धर्म ,संस्कृति र परम्पराको संरक्षण गरौंं ! २८५५ औ सोनाम ल्होछार फाग डुवा ल्हो (सुँगुर बर्ग) भव्यताका साथ सफल पारौं !’ भन्ने मुल नाराका साथ आयोजना गरेको उक्त कार्यक्रममा उपस्तिथित भएका सम्पुर्णलाई उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिएको भन्दै २८५५ औँ सोनाम ल्होछारको शुभकामना सहित सबिता घिसिङले स्वागत मन्तव्य राखेकी थिइन।

- Advertisement -

झन्डै एक दर्जन स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा अतिथी कलाकार द्वय बुद्ध लामा र सुमन घलेको प्रस्तुतिले बारम्बार “वान्स मोर” “वान्स मोर” को आवाज घन्किएको थियो। मञ्चमा अतिथि कलाकार सुमन घलेको उपस्थितिले हल र दर्शक निक्कै तात्तिएको थियो। म्हेन्दोमाया र सेलो प्रेमी दर्शकहरुको सामुहिक नृत्य र हलमा खुसिको हल्लाले निक्कै रोमाञ्च थपिएको महसुस गर्न सकिन्थ्यो।

सुमन घलेको प्रस्तुतिको रौनक सकिन नपाउँदै मञ्चमा बुद्ध लामाको इन्ट्री भयो। बुद्ध लामा मञ्चमा उभिँदा मात्रै पनि दर्शकहरुको उत्साह र खुसिको अनुभुती अन्दाज गर्न सकिँदैन्थ्यो। झन बुद्धले गाएको “ओइ झुमा ओइ झुमा” देखि अन्य विभिन्न गितहरु संगै “सानी नरिसाउ न, मलाइ फकाउन आउँदैन” जस्ता गितहरुमा नझुम्ने सायादै थिए।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments