25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठसुरेश लामा, मिना लामा, सुश्मा मोक्तान, सुजना रुम्बा, संजिव वाइबा, प्रयास दोङ...

सुरेश लामा, मिना लामा, सुश्मा मोक्तान, सुजना रुम्बा, संजिव वाइबा, प्रयास दोङ लगायतका कलाकारहरुको साथमा मलेसियामा ल्होछार कार्यक्रम भब्य सम्पन्न

लनम तामाङ/६ फेब्रुअरी, मलेसिया । केन्द्रीय तामाङ समाज म्हार र्म्हेन्दो कलाकार संघ क्षेत्रीय तामाङ समाज पेनाङको संयुक्त आयोजनामा गरिएको ‘ल्होछार संगितिक धमाका–२०१९’ भव्यताका साथ सम्पन्न भएको छ ।
हिजो बैदेशिक रोजगारको सिलसिलामा मलेसिया अपुगेका सबैजाति समुदायका नेपालीहरु बीच उल्लासमय वातावरणका साथ कार्यक्रम सम्पन्न भएको हो ।
संसार भरी छरिएका तामाङहरु एक हौँ, हाम्रो भाषा धर्म र संस्कृति जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ तामाङ समाज मलेसिया म्हारम्हेन्दो कलाकार संघ, तामाङ समाज पेनाङको संयुक्त कार्यक्रम सम्पन्न भएको छ !२८५५ औ सोनाम ल्होछार फाग डुवा ल्हो (सुँगुर बर्ग) भव्यताका साथ सफल पारौं !’
‘ भन्ने नाराका साथ ‘ल्होछार संस्कृतिक कार्यक्रम २०१९’ को आयोजना गरिएको थियो ।

टसि पाल्मो लामाको सभापतितब रहेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मलेसियाका लागि राजदुत कुमार राज खरेल ज्युले गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा जनजाति महसंघ मलेसियाका आध्यक्ष रवीन राई रहेको थिए ।

कार्यक्रममा नेपालबाट अतिथि कलाकार संगितकार तथा गायक संजिब वाइबा रचनाकार संगितकार तथा म्हेन्दोमाया गायिका मिना लामा थोकार संगितकार तथा गायक प्रयास दोङ राष्ट्रिय गायक सुरेश लामा नायिका तथा मोडेल सुस्मा मोक्तान नवा गायिका सजना रुम्ब तथा स्थानीय कलाकार को बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रम को सभापति तामाङ समाज मलेसिया का अध्यक्ष टसि पाल्मो वाइबाले गरेको थियो !

सभापति वाइबाले सोनाम ल्होछार राष्ट्रिय पहिचान संग जोडिएको र एक पर्व भएको बताउँदै आजको ल्होछार कार्यक्रम समापन गरेको थियो। कार्यक्रममा मलेसियामा रहेको तामाङ तथा गैर तामाङहरुको बाक्लो उपस्थिति रहेको थियो । पेनाङ क्षेत्र र जोहोर क्षेत्रबाट पनि बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण लमिन स्मृति वाइबले गरेकि थिइन।

- Advertisement -

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments