20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठगृहमन्त्री लेखकले मधेश प्रदेशको सीमा सुरक्षा कडा गर्न निर्देशन दिए

गृहमन्त्री लेखकले मधेश प्रदेशको सीमा सुरक्षा कडा गर्न निर्देशन दिए

जनकपुरधाम, गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशको नेपाल-भारत सीमा क्षेत्रमा बढ्दै गएका आपराधिक घटना, चोरी तस्करी र अन्य गैरकानुनी गतिविधि रोक्न सुरक्षा निकायहरूलाई कडा निर्देशन दिएका छन्।

आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले खुल्ला सीमा भएकाले सुरक्षा चुनौती बढी रहेको बताउँदै उच्च सतर्कता अपनाउन आग्रह गरे।

गृहमन्त्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायहरूलाई देशको बदलिँदो सुरक्षा परिस्थितिको अनुसार इमान्दारिता, छिटो र प्रभावकारी कार्यशैली अपनाउन जोड दिए।

उनले “देशभर लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध जस्ता सामाजिक विकृति बढ्दै गएको” उल्लेख गर्दै मधेश प्रदेशका सबै जिल्ला भारतीय सीमासँग जोडिएकाले यस क्षेत्रमा थप सतर्कता अपनाउन आवश्यक रहेको बताए।

गृहमन्त्रीले राष्ट्रसेवक तथा सरकारी कर्मचारीहरूलाई कानुनविपरीत आर्थिक लाभको प्रलोभनबाट टाढा रही निष्पक्ष र इमान्दारीपूर्वक सेवा प्रदान गर्न पनि निर्देशन दिए।

- Advertisement -

यस अवसरमा प्रदेश सरकारका अधिकारी, प्रहरी प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिहरू उपस्थित थिए।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments