प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा सहभागी भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको समापन कार्यक्रममा इटलीका अन्तर्राष्ट्रिय गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित छन्।

रङ्गशालाको खचाखच दर्शकबीच भइरहेको कार्यक्रममा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लबबिच फाइनल खेल हुँदै छ। खेल हुनुअघि कलाकारहरूले साङ्गीतिक प्रस्तुति पस्किएका थिए।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा उक्त च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको थियो।

यो पनि पढ्नुहोस्
क्षमताभन्दा बढी पास बाँड्दा रङ्गशाला बाहिर विजोक: भिआइपी पास लिएकाहरू सडकमै !
प्रकाशित: १९ फाल्गुन २०८१ १८:५९ सोमबार




