26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठकिरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्सब तथा चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी...

किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्सब तथा चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा !

आर डि क्रीएशन/ ६ फेब्रुअरी, कुवेत। आफ्नो भाषा, लिपी, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा साथै जातिय पहिचानलाई बचाई राख्ने उद्देश्य लिएर २०६८ सालमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्सब तथा चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम संयोजक हरि लावतीले दिनु भएको छ ।

उक्त कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्नको लागि कुवेतमा क्रियाशिल संघ सस्था, पत्रकार, समाजसेवी, बुद्धिजीवी, कलाकार, खेलाडि लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निमन्त्रणा गरीसकिएको भएता पनि कथंकदाचित प्राविधिक कारणले निमन्त्रण प्राप्त नभएमा यसै समाचारलाई निमन्त्रणा सम्झी कार्यक्रममा सहभागी भई कार्यक्रमको सोभा बढाइदिनुहुन आयोजक किरात याक्थुङ चुम्लुङ कुवेतले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम आयोजना हुने :
मिति : ०८ फेब्रुवरी, २०१९ शुक्रबार
स्थान : अडोटेरियम हल, फर्वानिया
समय : मध्यान्ह १२:०० बजे ।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments