25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियआज कता कता होला वर्षा ? यस्तो छ तीन दिनको मौसम पुर्वानुमान

आज कता कता होला वर्षा ? यस्तो छ तीन दिनको मौसम पुर्वानुमान


बैशाख ५, काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ।

यतिबेला (शुक्रबार बिहान) कोसी, मधेस र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। 

कोसी, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

- Advertisement -

त्यसैगरि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपात हुनेसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मेघगर्जन र चट्याङसहित हुनसक्ने वर्षा र हिमपातका कारण कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातसँगै स्वास्थ्यमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

हेर्नुहाेस् ३ दिनकाे माैसम पूर्वानुमान


77