26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रिय३५ वर्ष यताका सबै भ्रष्टाचार काण्डहरुको छानविन गरौँ : सांसद कार्की

३५ वर्ष यताका सबै भ्रष्टाचार काण्डहरुको छानविन गरौँ : सांसद कार्की


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले ३५ वर्षयताका भ्रष्टाचारका काण्डहरुको छानविन गरी मुलुकमा सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएकी हुन् ।

देशले एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरुको सामना गरिरहेको  भन्दै उनले सरकारसँग विपद् व्यवस्थापनको लागि ठोस योजना नभएको आरोप पनि लगाइन् । उनले सरकारले रामराज्य देखावा नगरी कमसेकम पासमार्क आउने गरी काम गर्नुपर्ने बताइन् । मुलुकको विकासका लागि राजनीतिक संस्कार सुधार्न जरुरी रहेको उनकाे भनाइ छ ।

उनले भनिन्, ‘देशले आज एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरु सहिरहेको छ । ट्रान्सपेरन्सी इन्टरनेसनलले नेपाल झन भ्रष्टाचारी मुलुक भनि देखाएको छ । हाम्रा कर्णधारहरु असुरक्षित छन् । प्रकृति लम्साललाई मर्न वाध्य बनाइयो । स्वदेशमै पनि विद्यार्थीहरु आत्महत्या गरिरहेका छन् । विपद् व्यवस्थापनमा ठोस योजना छैन । उद्धारका लागि चाहिने सेनका हेलिकेप्टरहरुको अवस्थाको बारेमा बोलिँदैन । तसर्थ अब सरकारले रामराज्यको देखावा नगरी कमसेकम पासमार्क ल्याउने गरी काम गरोस् । हाम्रो राजनीतिक संस्कार सुधारौं । साशकीय स्वरुपको पुनरावलोकन गरौं । र एउटा स्वतन्त्र न्यायिक आयोगको गठन गरि ३५ वर्ष यताका सम्पुर्ण भ्रष्टाचारका काण्डहरुको अनुसन्धान गरि देशमा सुशासन कायम गरौं ।’

उनले अन्तर्राष्ट्रिय सहयोग नभनेर ठगीको आरोप लागेर ३९ मिलियन अमेरिकी डलर बराबरको युएस एड रोकिएको भन्दै दुःख व्यक्त गरिन् ।

- Advertisement -

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:४१




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments