26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियलगातार पाँच कारोबार दिन बढ्यो नेप्से, आज पुर्नबीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

लगातार पाँच कारोबार दिन बढ्यो नेप्से, आज पुर्नबीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार (आज) नेप्से परिसूचकसँगै कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक ११ दशमलव ६६ अंक बढेर २ हजार ७५५ दशमलव ४० विन्दुमा पुगेको हो । आजसँगै नेप्से लगातार पाँच कारोबार दिन बढेको हो । बजार बढ्दा कारोबार रकमसमेत बढेको छ । 

अघिल्लो कारोबार दिन रू. ८ अर्ब ६२ करोड बराबरको कारोबार भएकोमा आज बढेर रू. ११ अर्ब ५४ करोड बराबरको भएको हो । 

- Advertisement -

सम्पति शुद्धीकरण निवारणका सबालमा कमजोर रहेको भन्दै नेपाल ग्रे लिस्टमा परेपछि सेयर बजारमा कस्तो असर पर्ला भन्ने चासो थियो । तर आइतवार शुरुआती समयमा विक्रेता हाबी भए पनि अन्तिममा भने बजार बढेर बन्द भएको छ ।  

नेपाल ग्रे लिस्टमा पर्दा विशेषगरी अन्तरराष्ट्रिय व्यापार प्रभावित हुन सक्छ । आयात–निर्यातमा प्रत्यक्ष प्रभाव पार्न सक्छ । यसका कारण शेयर बजारमा भने फाइदा पुग्न सक्ने जानकारहरू बताउँछन् ।

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव २९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०७ प्रतिशत वृद्धि भएको छ । 

आज ३२८ धितोपत्रको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर १ लाख ८ हजार ९१३ पटक कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये गार्डियन माइक्रो लाइफको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७८० दशमलव २० पुगेको छ । दोस्रोमा कुमारी सबल योजनाको इकाई मूल्य ९ दशमलव ९४ प्रतिशत बढेर रू. ९ दशमलव ६२ कायम भएको छ । 

आइतवार सबैभन्दा बढी रिलायन्स फाइनान्सका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव २४ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०७ दशमलव ६० मा झरेको छ । दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव ७९ प्रतिशत घटेर रू. ४ हजार ९८६ कायम भएको छ । 

आज सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ९५ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९८२ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिटिजन लाइफ इन्स्योरेन्सको रू. ५६१ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको हो । 

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये सात समूहको समूहगत सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये अन्य समूहको सूचक सबैभन्दा बढी ३ दशलमव ७२ प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक सबैभन्दा बढी १ दशलमव ३२ प्रतिशत घटेको छ । 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments