19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियभूकम्प पुनर्निर्माणका लागि बजेट छुट्याउन जनार्दन शर्माको माग

भूकम्प पुनर्निर्माणका लागि बजेट छुट्याउन जनार्दन शर्माको माग

काठमाडौं — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले भूकम्प पुनर्निर्माणका लागि बजेट छुट्याउन सरकारलाई आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले भूकम्प शीर्षकमा बजेट छुट्याइएको छैन भन्ने जानकारी आफूले पाएको उल्लेख गर्दै, “त्यस्तो गल्ती नगरियोस्” भन्दै सबै प्रभावित क्षेत्रमा पुनर्निर्माणको लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्ने बताए।

उनले वर्तमान राजनीतिक व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि जनतामा निराशा बढिरहेको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीमा देखिएको कमजोरीको कारण जनजिवीकाका सवालमा तत्काल काम गर्नुपर्ने आवश्यकता औँल्याए।

सांसद शर्माले बजेट केवल आम्दानी र खर्चको अंक गणित मात्र नभई, यो सामाजिक–आर्थिक असमानताको खाडलबाट जनतालाई माथि ल्याउने माध्यम भएको भन्दै संरचनागत पुनर्संरचना गर्नुपर्नेमा जोड दिए।

उनको भनाइमा, “बजेट बनाउने बेला जनअपेक्षा पुरा गर्ने स्रोत हाम्रो छैन भनिन्छ। तर चालु खर्च ६५ प्रतिशत र पूँजीगत खर्च मात्र १७ प्रतिशत हुनु अन्याय हो। त्यसैले चालु खर्चलाई ३५ प्रतिशतमा झार्न संरचनागत पुनःसंरचना गर्नु जरुरी छ। त्यसमा हाम्रो समर्थन हुनेछ।”

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments