20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठभारी वर्षासँगै विपद्को जोखिम बढ्यो, तत्काल उद्धारका लागि यी नम्बरमा प्रहरीलाई कल...

भारी वर्षासँगै विपद्को जोखिम बढ्यो, तत्काल उद्धारका लागि यी नम्बरमा प्रहरीलाई कल गर्नुहोस्


काठमाडौँ । देशभर मनसुन सक्रिय रहँदा आज देशका विभिन्न पहाडी भू-भागमा मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यसै सन्दर्भमा, नेपाल प्रहरीले विपद्को समयमा तत्काल उद्धार तथा सहायताका लागि आपत्कालीन सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ । कुनै पनि आपत्कालीन अवस्थामा नागरिकले यी नम्बरहरूमा सम्पर्क गरी सहयोग माग्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विपद् उद्धारका लागि प्रहरीका प्रदेशस्तरीय आपत्कालीन सम्पर्क नम्बरहरू

- Advertisement -
  • कोशी प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, चन्द्रगढी, झापा – ९८५२६७७७९९

  • मधेश प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, वीरगञ्ज, पर्सा – ९८५५०२६९४५

  • बागमती प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, मकवानपुर, हेटौंडा – ९८५५०३९२५०

  • गण्डकी प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, रुद्रपिपल, बाग्लुङ – ९८५७६९५३४५

  • लुम्बिनी प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, तुलसीपुर, दाङ – ९८५७८५०४००

  • कर्णाली प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, चन्दननाथ, जुम्ला – ९८५८३९००१०

  • सुदूरपश्चिम प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, महेन्द्रनगर, कञ्चनपुर – ९८५८८८७३३६

  • नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय: सामाखुशी, काठमाडौं – ९८५१२८३६१०

अन्य आपत्कालीन नम्बरहरू

माथि उल्लिखित नम्बरहरूका साथै कुनै पनि विपद् वा आपत्कालीन अवस्थामा प्रहरीको हटलाइन १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०८ र प्रहरी सम्बन्धी गुनासोका लागि १११३ मा समेत सम्पर्क गर्न सकिनेछ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments