20.1 C
Kathmandu
Monday, April 27, 2026
spot_img
Homeगृहपृष्ठबिर्तामोडमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

बिर्तामोडमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु


झापा ।झापा जिल्लाको बिर्तामोड नगरपालिका–१० पथरभिट्टास्थित एक घरमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ।

आईतवार साँझ करिब ८ बजे ५३ वर्षीय पुष्प पोखरेल आफ्नै नयाँ निर्माणाधीन घरमा पानी हाल्न मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घाइते पोखरेललाई तत्कालै बीएण्डसी अस्पताल, बिर्तामोड पुर्‍याए पनि उपचारका क्रममा डाक्टरले राति ८:४० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

- Advertisement -

प्रहरीका अनुसार, मृतक पोखरेल घरमा एक्लै बस्दै आएका थिए भने उनका परिवार पाँचथरमा बसोबास गर्दै आएका छन्।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments