26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishपर्वतमा जिप दुर्घटना: एकको मृत्यु, एक घाइते

पर्वतमा जिप दुर्घटना: एकको मृत्यु, एक घाइते

जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छामा शनिबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा बिहादी–१ कमेरेका ५० वर्षीय बलबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा जिपका चालक घाइते भएका छन्।

उकालो सडकमा जिपले ‘ब्रेक’ नलागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ध १ च २८२ नंको जिप बागलुङको जैमिनीबाट कुश्मातर्फ फर्किने क्रममा बिहादी–१ बाच्छास्थित बाह्रबिसेमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

कुश्मा नगरपालिका–१ मालढुङ्गाका ४५ वर्षीय चन्द्र माझी घाइते भएका प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए। घाइतेको टाउको, निधार र छातीमा चोट लागेको भन्दै उनले माझीको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको जनाए। उनका अनुसार मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ।

- Advertisement -

दुर्घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०८१ २१:२० शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments