26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियजानको चौथो कार्यकालको लागि रामचन्द्र भुसाल निर्विरोध निर्वाचित

जानको चौथो कार्यकालको लागि रामचन्द्र भुसाल निर्विरोध निर्वाचित


काठमाडौं ।

नेपाल जाइका अलमनाई एसोसियसन (जान) को शुक्रबार सम्पन्न निर्वाचनमा डा. रामचन्द्र भुसाल लगातार चौथो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् ।

जानको उक्त निर्वाचनबाट सम्पूर्ण पदाधिकारी एवं सदस्य पदहरु समेत निर्विरोध निर्वाचित भएका छन् । जस अनुसार उपाध्यक्षमा डा. किरण रुपाखेती, महासचिवमा शान्तिलक्ष्मी शाक्य, कोषाध्यक्षमा विभाकालिका मल्ल श्रेष्ठ, सचिवमा यमलाल भुसाल, सह– कोषाध्यक्षमा वावुल खनाल र सदस्यहरुमा सुशिलकुमार भट्टचन, विनोदकुमार भट्टराई, पारस पौडेल, सूर्यप्रसाद बराल, उमा श्रेष्ठ र तारा खनाल निर्वाचित भएका हुन् ।

डा. भुसाल कृषि प्रवद्र्घन आयोजना नेपाल (APPIN) को टिम लिडर (कृषि विज्ञ) को रुपमा कार्यरत छन्। डा. किरण रुपाखेती, यमलाल भुसाल र विनोदकुमार भट्टराई नेपाल सरकारका वर्तमान सहसचिव र सूर्यप्रसाद बराल उपसचिव हुन् । त्यस्तै शान्तिलक्ष्मी शाक्य विद्युत प्राधिकरणकी पूर्व उपकार्यकारी निर्देशक, पारस पौडेल राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका वर्तमान निर्देशक, सुशिलकुमार भट्टचन जाइका नेपालका पूर्व प्रमुख सल्लाहकार र अन्य पदाधिकारी, सदस्यहरु समेत विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसंग आबद्ध छन् । हरेक तीन वर्षमा जानको कार्य समितिमा पदाधिकारी तथा सदस्यहरुको निर्वाचन हुने गर्दछ ।

- Advertisement -

जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका वहालवाला तथा सेवा निवृत्त सरकारी कर्मचारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ , स्वतन्त्र प्राविधिक तथा व्यवसायीको सामाजिक संस्था हो ।

जान नेपाल सरकार तथा जापान सरकार एवं जनता बीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनका साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा सिप मुलकको विकासमा लगाउने उद्देश्यका साथ स्थापना भई सन् १९७३ देखि नै क्रियाशील रहँदै आएको छ ।

यसले जापानी राजदूतावास, जाइका नेपाल, नेपाल सरकार, जापान नेपाल सोसाइटी र अन्य सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसंग समन्वय गरी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जानले गरेको उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै जापान सरकारले गत साल जानलाई जापानको फरियन मिनिष्टर कमेन्डेसन अवार्डसमेत प्रदान गरेको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments