19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठनेकपा माओवादी नेता घटनाको कडा कारवाही

नेकपा माओवादी नेता घटनाको कडा कारवाही

काठमाडौं : नेकपा माओवादी (केन्द्र) नेता माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १२ वर्षीया बालिका निषा तामाङ्गको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा कडा कारबाहीको माग गरेका छन्।

शनिबार प्रतिनिधि सभामा बोल्दै उनले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरीलाई धन्यवाद दिँदै सरकारलाई यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरे। उनले भने, “यसले समाजमा रहेको अपराधिक मानसिकताको भयावह रूप देखाउँछ। दोषीलाई अधिकतम सजाय दिनुपर्छ र पीडित परिवारलाई तत्काल राहत, न्याय तथा मनोवैज्ञानिक सहयोग पुग्ने वातावरण बनाउनुपर्छ।”

प्रहरीले क्षेदीखोलाबाट बालिकाको शव फेला पारेपछि गहन अनुसन्धान गरी पाँच संलग्नलाई पक्राउ गरेको छ। निषा तामाङ्ग सिन्धुपाल्चोककी ७ कक्षाकी विद्यार्थी थिइन्। उनको शव गत ११ जेठमा फ्याकिएको अवस्थामा फेला परेको थियो।

सापकोटाले यस्तो घटना दोहोरिन नदिन प्रभावकारी कदम चाहन्छन्।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments