19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठयामाहा नेपालले गोंगबुमा नयाँ शोरुम "मोटो क्राफ्ट्स प्रा.लि." को उद्घाटन गर्यो

यामाहा नेपालले गोंगबुमा नयाँ शोरुम “मोटो क्राफ्ट्स प्रा.लि.” को उद्घाटन गर्यो

काठमाडौं, – यामाहा नेपालले काठमाडौंको गोंगबु क्षेत्रमा नयाँ शोरुम “मोटो क्राफ्ट्स प्रा.लि.” को उद्घाटन गरेको छ। यसले यामाहाका ग्राहकहरूलाई सेल्स, सर्भिस र स्पेयर पार्ट्स को सुविधा एकै छानामुनि उपलब्ध गराउनेछ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, एमएडब्ल्यू ग्रुप का ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवाल र एमएडब्ल्यू राइड्स का कार्यकारी निर्देशक दीपककुमार अग्रवाल को उपस्थितिमा शोरुमको शुभारम्भ भएको हो। यसले यामाहाको नेटवर्क विस्तार र ग्राहक सेवाको गुणस्तरमा नयाँ मानक स्थापना गर्ने बताइएको छ।

मोटो क्राफ्ट्स प्रा.लि. ले यामाहाका मोटरसाइकल, स्कुटर, स्पेयर पार्ट्स र आफ्टर-सेल्स सर्भिस एकै ठाउँमा उपलब्ध गराउँछ।
आधुनिक पूर्वाधार र प्रशिक्षित टिमले ग्राहकहरूलाई विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

गोपालकुमार अग्रवाल ले भने, “यो शोरुम यामाहाको गुणस्तर र नवीनतम प्रविधि ग्राहकसम्म पु¥याउने हाम्रो प्रतिबद्धताको प्रमाण हो।”
दीपककुमार अग्रवाल ले जोड दिए, “हाम्रो लक्ष्य ग्राहक सन्तुष्टिमा आधारित दीर्घकालीन सम्बन्ध कायम गर्नु हो।”
मोटो क्राफ्ट्स का प्रतिनिधि सुरोज न्हेम्हाफुकी ले सेवा र विश्वासमा उत्कृष्टता प्रदान गर्ने बताए।

यस नयाँ शोरुमसँगै यामाहा नेपालले गोंगबु र आसपासका क्षेत्रका ग्राहकहरूलाई सजिलो रेखदेख सेवा पुग्ने बताएको छ। कम्पनीले नेपाली दुई पाङ्ग्रे बजार मा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments