19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियदुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । आइतवार दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ लाख ८१ हजार ७३७ दशमलव ६८ कित्ता र ग्लोबल आइएमई बैंक लिमिटेडको १ करोड ९८ लाख ७० हजार ८२३ दशमलव ६३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै सोमवारदेखि यी शेयर कारोबारयोग्य हुनेछ । 

- Advertisement -

छिमेक लघुवित्तले गत पुस २९ गते सम्पन्न २३औं वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस शेयर र करसमेत ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । नगद लाभांश वितरण गरिसकेको यस कम्पनीले बोनस शेयर पनि सूचीकृतपश्चात सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्नेछ । 

ग्लोबल आइएमई बैंकले भने गत मंसिर २७ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित भएको ५ दशमलव ५ प्रतिशत बोनस शेयर आइतवार सूचीकृत गराएको हो । दोस्रो बजारमा सूचीकृतपछि कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गर्नेछ । 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments