19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
HomeEnglishत्रिपुरेश्वरमा भेटिएको शङ्कास्पद वस्तु भित्र सिरानी र कपडा !

त्रिपुरेश्वरमा भेटिएको शङ्कास्पद वस्तु भित्र सिरानी र कपडा !

काठमाडौंको त्रिपुरेश्वर बस बिसौनी नजिक शङ्कास्पद वस्तु भेटिएपछि उत्पन्न भएको त्रासको अवस्था अन्ततः निरर्थक सावित भएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु सुरक्षित रूपमा डिस्पोज गरेपछि झोलाभित्र सिरानी र कपडा मात्रै भेटिएको हो।

स्थानीयले कम्बलले बेरिएको रहस्यमय झोला देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।

आवश्यक सुरक्षा सतर्कता अपनाउँदै बम डिस्पोजल टोलीले अनुसन्धान गर्दा उक्त वस्तु आतङ्क सिर्जना गर्ने उद्देश्यले राखिएको पुष्टि भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

- Advertisement -

प्रारम्भिक अनुसन्धानमा झोलाभित्र सिरानी, कपडा तथा अन्य सामान्य सामग्री मात्र रहेको पाइएको छ। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ६ फाल्गुन २०८१ २१:३१ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments