29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishएमसीसी खारेज भएपछि कथित राष्ट्रवादको खोल च्यातिएको छ : बस्नेत

एमसीसी खारेज भएपछि कथित राष्ट्रवादको खोल च्यातिएको छ : बस्नेत

पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता महेश बस्नेतले एमसीसी खारेज भएपछि कथित राष्ट्रवादको खोल च्यातिएको टिप्पणी गरेका छन्।

‘एमसीसी सम्झौता पछाडि नेपालमा कथित राष्ट्रवादी र राष्ट्र विरोधी एक अर्कामा समर्थक र आलोचक बनेर निकै नै बहस र विवाद गरेर नेपाली समाज विभाजित गरे। आज अमेरिकाले एमसीसी खारेज गरे पछाडि कथित राष्ट्रवादको खोल च्यातिएको छ,’ बस्नेतले आफ्नो फेसबूक ह्यान्डलमा लेखेका छन्।

उनले अगाडि भनेका छन्, ‘हिजो महाकाली सन्धिलाई राष्ट्रघाती भन्नेहरू भारतले कार्यान्वयन गर्न ढिला गरे पछाडि त्यो सन्धि पनि राष्ट्रघाती होइन रहेछ भन्ने पुष्टि भएको छ। तसर्थ, अनावश्यक बौद्धिक विलासिताका जीवनहरू बिताइरहेका, आफ्नो कमाउधन्दा गरिरहेका, नियन्त्रित अराजकतावादी तत्त्वहरूले देशलाई भड्काउ र द्वन्द्वमा लग्न चाहने तत्त्वहरूले सोसल मिडियामा एमसीसी पक्षधरहरूलाई आलोचना गर्दै खुइल्याउँदै रोइलो गर्दैछन्। त्यसको खासै अर्थ र महत्त्व छैन। ट्रेन हेरेर भाइरल बन्ने रोगबाट ग्रसितहरूको अभियान हो।’

आजै अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गरेर एमसीसी रोकिएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार यसबारे २ फागुन २०८१ मा आधिकारिक इमेल प्राप्त भएको थियो।

- Advertisement -

नेपाल र एमसीसीबीच २९ भदौ २०७४ मा सम्झौता भई परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेशअनुसार एमसीसीबाट हुने भुक्तानीसहितका सबै गतिविधि ९० दिनका लागि स्थगित गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

एमसीसी परियोजना स्थगित

प्रकाशित: ६ फाल्गुन २०८१ २१:१७ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments