19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठजुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु

जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु

जुम्ला – जुम्लामा आज दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको आज दिउँसो करिब ४ बजे चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिएका छन्।

मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न गएकी थिइन्। यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

यार्सागुम्बा संकलनका लागि उच्च हिमाली क्षेत्रमा जाने क्रममा मौसमी प्रकोपका कारण हुने दुर्घटनामा वृद्धि भएको छ। प्रहरीले यार्सागुम्बा संकलकहरूलाई मौसमको अवस्था हेरेर मात्र पहाडी क्षेत्रमा जान सुझाव दिएको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments