25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठ‘जारी–२’ को छायाङ्कन सकियो

‘जारी–२’ को छायाङ्कन सकियो


पाँचथर– पाँचथरकाे विभिन्न स्थानमा चलचित्र जारी–२ काे छायाङ्कन सकिएकाे छ । जारी चलचित्रकाे सिक्वेल जारी–२ काे छायाङ्कन ३६ दिनमा सकिएको हाे । उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रको वैशाख २९ गते शुभमुहूर्त गरिएको थियो ।

चलचित्र पाँचथरकाे अाङसराङ, सिलाैटी, पाैवाभञ्ज्याङ, साधुटार, लिगिम्बामा छायाङ्कन गरिएका निर्देशक सुब्बाले जानकारी दिए ।


जारी – २’ दसैँमा प्रदर्शनमा आउने जानकारी दिइएका छ । चलचित्रको कथा पनि निर्देशक सुब्बा आफैँले लेखेका छन् ।  जारी चलचित्रकाे सिक्वेल भएकाले धेरैकाे चासाे छ । सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो।

चलचित्रमा अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

- Advertisement -

बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमाको निर्माता रामबाबु गुरुङ हुन् ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments