25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठछानबिन समितिले हेर्यो हेवामा भाँचिएको पुल

छानबिन समितिले हेर्यो हेवामा भाँचिएको पुल


पाँचथर– हेवा खोलामा मोडुरल ब्रिज भाँचिपछि सडक विभागका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वमा बनेको छानबिन समितिले स्थलगत अनुगमन गरेको छ ।

मेची राजमार्गमा पर्ने हेवाखोलामा बनाईदै गरेको मोडुलर ब्रिज भाँचिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ७ दिनमा प्रतिवेदन बुझाउने गरी पाँच सदसिय छानबिन समिति बनाएको थियो ।

समितिको टोलिले ब्रिज जडानमा भएको काम गर्ने तरीका, लोड व्यवस्थापन, प्राविधिक पक्ष लगायतका विषयमा अध्ययन गर्न घटना स्थल आइपुगेको हो ।

स्थलगत अध्ययन गरेपछि प्राविधिक पक्षको पनि अध्ययन हुने खनालले बताए । काठमाडौँ पुगेर प्रतिवेदन बुझाउने उनको भनाई छ । कमजोरी सच्याएर फेरी ब्रिज जडानको काम अघि बढ्ने खनालले बताए ।

- Advertisement -

ब्रिज उपलब्ध गराउने भारत सरकारसँग पनि कुरा भईरहेको जानकारी दिइएको छ । उनीहरूको प्राविधिक ल्याएर जडान गर्ने कि भन्ने छलफल भइरहेको बताइएको छ ।

७० मिटरको मोडुलर ब्रिज जडानको अन्तिम चरणमा पुगेपछि अब के हुने हो भन्ने अन्योलता रहेको छ ।

भाँचिएको ब्रिज क्रेन ल्याएर खोल्ने काम अघि बढाउन लागिएको छ । भाँचिएपछि ब्रिजका सामाग्रि २० प्रतिशत विग्रिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिए ।

भाँचिएपछि २० प्रतिशत सामाग्री बिग्रिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिए । केही दिनपछि ब्रिज खोल्नेका काम अघि बढाउनका लागि क्रेनको खोजी भईरहेको उनले जानकारी दिए ।

२०८० सालमा पुल बगाएपछि राखिएको बेलिब्रिज २०८१ असोज–१२ गते बगाएपछि ७० मिटर लामो मोडुलर ब्रिज जडानको काम अघि बढाइएको थियो ।

पुल भाँचिएर घाईते भएका मध्ये सिमरा उपमहानगरपालिका बारा–१२ का रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरीको मृत्यु भएको थियो ।

 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments